कैलालीमा दुई फार्मेसी सिल

चैत्र १२, २०७९ | कैलाली

कैलालीमा दुई फार्मेसी सिल गरिएको छ । सामाजिक विकास मन्त्रालय, औषधी व्यवस्था विभाग नेपालगञ्ज र जिल्ला प्रशासन कार्यालय कैलालीको सयूक्त अनुगमन टोलीले अत्तरियास्थित सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसीलाई सिल गरेको हो ।

सो फार्मेसीमा म्याद गुज्रेका औषधी रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिको अभिलेखिकरण नगरेका लगायतका कमजोरी भेटिएपछि सिल गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्काले बताउनुभयो । अनुगमन टोलीले धगगढी र अत्तरियाका ८ फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो । 


प्रतिक्रिया