कोरोना भाइरस विरुद्धको खोप नलगाएकालाई १० गुणा बढी जोखिम

जेष्ठ १, २०८० | काठमाडौं

कोरोना भाइरस विरुद्धको खोप नलगाएका व्यक्तिलाई संक्रमण भएमा १० गुणा बढी जोखिम हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमण भएमा खोप लगाएको व्यक्तिको तुलनामा नलगाएकालाई बिरामी हुने वा मृत्यु समेत हुन सक्ने जोखिम १० गुणा देखिएको मन्त्रालयले जनाएको हो ।

 सोही जोखिमलाई मध्यजनर गर्दै मन्त्रालयले खोप लगाउन छुटेका व्यक्तिलाई आवश्यकता अनुसार लगाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै, नेपालमा पछिल्लो पटक थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ९१ जनामा गरिएको नमूना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो । 

यस्तै, आज २२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । १ सय १२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । ९ जना संस्थागत आइसोलेशनमा छन् । आइसीयु र भेन्टिलेटरमा १ /१ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया