थप १४ जनामा कारोना भाइरस संक्रमण पुष्टि

जेष्ठ ६, २०८० | काठमाडौं
नेपालमा पछिल्लो पटक थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ सय ९३ जनामा नमूना परीक्षण गर्ने क्रममा सो संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, सक्रिय संक्रमितको संख्या ८० रहेको छ । संस्थागत आइसोलेशनमा ३ जना रहेका छन् । आइसीयू र भेन्टिलेटरमा १/१ जना उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।