कोरोना भाइरस संक्रमितको संख्या घट्दो

जेष्ठ ७, २०८० | ललितपुर

नेपालमा केही दिन यता कोरोना भाइरस संक्रमितको संख्या घट्न थालेको छ । पछिल्लो पटक नेपालमा थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ६८ जनामा गरिएको नमुना परीक्षणबाट सो संख्यामा संक्रमण पुष्टि भएको हो । १२ जना संक्रमणमुक्त भएका छन् । 

मुलूकभर ७० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ । यस्तै संस्थागत आइसोलेशनमा ३ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आइसीयु र भेन्टिलेटरमा एक/एक जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया