हरेक वर्ष नेपालमा २७ हजार बढी मानिसको सुर्तीजन्य पदार्थको सेवनबाट ज्यान जान्छ !

जेष्ठ १७, २०८०

नेपालमा हरेक वर्ष २७ हजार बढी मानिसको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने मानवीय क्षति कम गर्न यसको नियमनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

विज्ञहरुका अनुसार सुर्तीजन्य पदार्थको सेवनबाट श्यासप्रश्वास सम्बन्धी दीर्घ रोग र मधुमेह जस्ता नसर्ने रोग निम्त्याउने गर्दछ । विश्वमा हरेक वर्ष सुर्तीजन्य पदार्थ सेवनका कारण ८० लाख मानिसको मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको असर न्युनिकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानून नियमावली र निर्देशिका पारित भई लागु भइसकेको छ । 

यस्तै सार्वजनिक स्थलमा धुम्रपान समेत निषेध गरिएको छ । हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन भन्ने नाराका साथ आज सुर्तीजन्य पदार्थरहित दिवस मनाइएको छ । 


प्रतिक्रिया