बर्दियामा सोमबारबाट दादुरा र रुबेलाविरुद्ध खोप अभियान हुँदै

जेष्ठ १९, २०८० | बर्दिया

बर्दियामा आगामी सोमबारदेखि ५ दिनसम्म दादुरा र रुबेला विरुद्धको खोप कार्यक्रम आयोजना गरिने भएको छ ।

यही जेठ २२ देखि २६ गतेसम्म सञ्चालन हुने दादुरा तथा रुबेला रोगविरुद्ध खोप अभियानमा १ लाख १३ हजार बालबालिकालाई खोप दिईने भएको हो । जिल्लाका आठ वटै पालिकामा खोप कार्यक्रम सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष ०७८/०७९ मा दादुराका ८० जना बिरामी फेला परेका थिए । रोग रोकथाम तथा नियन्त्रणका लागि दादुरा र रुबेला खोप अभियान सञ्चालन गरिने स्वास्थ्य प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।   


प्रतिक्रिया