गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आन्दोलन

जेष्ठ २८, २०८० | कैलाली

गेटा मेडिकल कलेजलाई शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय कार्यान्वयनको माग गर्दै सुदूरपश्चिम प्रदेशका स्थानीयले दवाव मुलक कार्यक्रम आयोजना गरेका छन् । विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले गरेको बन्दका कारण सो प्रदेशमा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधनहरु चल्न सकेका छैनन् । उद्योग तथा कल कारखाना, ब्यापार ब्यवसाय बिहानैदेखि बन्द छन् ।

सरकारले गत माघ २९ गते गेटालाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर बजेट बक्तब्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र एक सय शैयाको अस्पताल सञ्चालन गर्ने भनिएपछि सो क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । गेटामा साढे पाँच अर्ब लागतमा भवन पूर्वाधारहरु निर्माण भएका छन् । तर सरकारले सञ्चालनको प्रारुप तयार नगर्दा अन्योल भएको छ । 


प्रतिक्रिया