सम्मरीमाई गाउँपालिका पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा

असार ३०, २०८० | तिलोत्तमा

रुपन्देहीको सम्मरीमाई गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा भएको छ । जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिले सम्मरीमाइलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह घोषणा गरेको हो ।

महिलाको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सम्बन्धी हकको कार्यान्वयन गर्ने उद्देश्य सहित नो होम डेलिभरीको अवधारणा ल्याईएको जिल्ला प्रजनन् स्वास्थ्य समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले बताउनुभयो । त्यस्तै, गर्भावस्थादेखि सुत्केरी अवस्थासम्मको हेरचाह तथा सेवाको पहुँच, प्रयोग तथा गुणस्तर अभिवृद्धि गरी यसलाई निरन्तरता दिने उद्देश्य रहेको उहाँको भनाई छ ।

संस्थागत प्रसूति सेवाको लागि पालिकाले आकर्षक योजना लागू गरेको छ । स्वास्थ्य संस्थामा प्रसूति हुनेलाई पोषण सामग्री प्रदान गर्ने गरिएको छ । यसले गर्भवतीहरुलाई स्वास्थ्य संस्था प्रति आकर्षित गरेको गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तवको दाबी छ । 


प्रतिक्रिया