भरतपुरमा प्रदेश सरकारको स्वास्थ्य प्रयोगशाला

श्रावण १०, २०८० | चितवन

बागमती प्रदेश सरकारले चितवनको भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ । यसअघि काभ्रेको धुलिखेलमा प्रयोगशाला सञ्चालनमा ल्याएको प्रदेश सरकारले भरतपुरमा सेवा बिस्तार गरेको हो ।

प्रदेशमा जनसंख्याको चाप बढ्दै गएको अवस्थालाई ध्यानमा राखेर प्रयोगशालाको सेवालाई बिस्तार गरिएको बाग्मती प्रदेश प्रयोगशालाले जनाएको छ । धुलिखेल प्रयोगशालाको जगेडा उपकरणहरु नै ल्याएर भरतपुरमा प्रयोगशाला सुरु भएको बाग्मती प्रदेश प्रयोगशाला प्रमुख नारायणबहादुर कार्कीले बताउनुभयो ।

संघीय सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै कायम गरेको शुल्क निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । हिस्टो प्याथोलोजी र क्यान्सरका विशिष्ट परीक्षण बाहेक नेपालका चिकित्सकले सिफारिस गर्ने हरेक परीक्षण सो प्रयोगशालाले गरिने कार्कीको भनाई छ । 


प्रतिक्रिया