बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने

चैत्र ३०, २०८०

सरकारले आगामी बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले बैशाख ६ र ७ गते ५९ महिनासम्मका बालबालिकालाई महिला स्वास्थ्य स्वयंसेविका मार्फत नियमित खोपको छुट अवस्था पहिचान गरेर नियमित खोप सेवा प्रदान गर्ने बताउनुभयो । सरकारले बैशाखलाई खोप महिनाका रुपमा मनाउंदै आएको छ । 

राष्ट्रिय खोप कार्यक्रमले खोप महिनामा खोज र खोपको नीति अवलम्बन गरेर नियसिमत खोप लगाउन छुटेका बालबालिकालाई खोजेर छुट खोप लगाएर पूर्ण खोप सुनिश्चितता गर्ने अवसरका रुपमा लिएको उहांले बताउनुभयो । 


प्रतिक्रिया