रोहिणीमा कुपोषण भएका बालबालिकालाई पौष्टिक आहार वितरण

चैत्र १९, २०८० | तिलोत्तमा

रुपन्देहीको रोहिणी गाउँपालिकामा कुपोषण भएका बालबालिकालाई पोषिलो आहार वितरण गरिएको छ । पालिकामा भेटिएका मध्यम कुपोषित बालबालिका र शीघ्र कडा खालका कुपोषित बालबालिकालाई परीक्षया गरी अवस्था अनुसार पोषिलो आहार वितरण गरिएको सामाजिक विकास परिचालक सन्तोष पन्थीले जानकारी दिनुभयो । 

रोहिणीमा अभिमुखीकरण कार्यक्रम भएपछि ३२ स्थानमा स्क्रिनिङ क्याम्प सञ्चालन गरेको र २ हजार ४ सय ४२ जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको पन्थीले बताउनुभयो । 

बालबालिकामध्ये १० जना कडा खालका कुपोषण रहेको पाइएको उहाँको भनाई छ । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीकी कार्यक्रम संयोजक मिनु पुनले कुपोषणको अवस्था नाजुक भएका रुपन्देहीका मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी, रोहिणी र गैडहवा गाउँपालिका ‘पोषण मार्फत जीवन रुपान्तरण’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

पुनले भन्नुभयो, ‘पालिका तहमा सरोकारवालासँग बैठक बसेर पोषण मार्फत जीवन रुपान्तरण गर्ने भनेर ६ वटा गाउँपालिका २ सय ५२ ठाउँमा स्क्रिनिङ क्याम्प गर्‍यौं । पाखुराको मध्यभागमा मार्क गरी त्यो बालबालिका हरियोमा छ भने एकदमै राम्रो छ । पँहेलोमा छ भने मध्यम शीघ्र कुपोषणको अवस्था छ । रातोमा छ भने कडा शीघ्र कुपोषणमा छ भन्ने हुन्छ ।’ 

रुपन्देहीको ६ वटा गाउँपालिकाका २ सय ५२ स्थानमा परीक्षण गरिएको र १९३ स्थानमा छुटेका बालबालिकालाई घरमै गएर जाँच गर्ने पुनले बताउनुभयो । ‘७५ जना बालबालिकाको पोषण अवस्था पत्ता लगायौं जसबाट १५ हजार ६ सय १४ जना बच्चा सामान्य अवस्थामा छन् भने १ हजार १ सय ९३ जना जोखिमको अवस्थामा छन्’, उहाँले भन्नुभयो, ‘५८ जना बच्चा एकदमै कडा खालका छन् ।’

उहाँका अनुसार मध्यम खालकालाई १५ दिनमा २ प्याकेट खुवाउने तरिका सिकाइन्छ । स्वास्थ्यकर्मीको निगरानीमा र महिला स्वास्थ्यकर्मीको सहयोग खुवाइन्छ । ९३ जना बालबालिका निको भइसकेका छन् । 

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बालबालिकालाई पहिचान गरी कुपोषित बालबालिकालाई सहयोग गर्नु धेरै राम्रो भएको बताउनुभयो । गाउँमा अझै पनि कुपोषित बालबालिका छन् भन्न डराउन नहुने उहाँले बताउनुभयो । 


प्रतिक्रिया