डेंगी संक्रमणबाट पाल्पामा थप एकको मृत्यु

आश्विन ८, २०८० | पाल्पा

डेंगी संक्रमणबाट पाल्पामा आज थप एक जनाको मृत्यु भएको छ । पाल्पाको माथागढी गाउँपालिकाका ३५ वर्षीय गोविन्द सारुको मृत्यु भएको स्वास्थ्य कार्यालयले नजाएको छ । 

डेंगी संक्रमण भएपछि असोज ५ गते तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना भएका सारुको उपचारका क्रममा मृत्यु भएको हो । पाल्पाको मिसन अस्पताल, पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा गरी २ सय ६८ जना डेंगी संक्रमित रहेको कार्यालयले जनाएको छ ।  


प्रतिक्रिया