टीकापुर अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

आश्विन १३, २०८० | कैलाली

कैलालीस्थित टीकापुर अस्पतालका स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । विभिन्न स्थानका अस्पतालहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण हुने क्रम नरोकिएको भन्दै ६ दिनदेखि आन्दोलित टीकापुर अस्पतालका स्वास्थ्यकर्मीले सेवा बन्द गरेका हुन ।

विभिन्न वाहानामा एकपछि अर्को गर्दै चिकित्सक र स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटना दोहोरिन थालेको भन्दै विरोध प्रदर्शन समेत गरेका छन् । टीकापुर अस्पतालका प्रमुख डा. रेम कुमार राईका अनुसार ओपिडी सेवासमेत बन्द गरेर अस्पतालका स्वास्थ्यकर्मी विरोध प्रदर्शनमा उत्रिएका हुन् । 


प्रतिक्रिया