डेंगीको संक्रमण घट्दो

कार्तिक १९, २०८०

पछिल्लो समय काठमाण्डौं उपत्यका लगायत अन्य जिल्लामा पनि डेंगीको संक्रमण घट्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ष दाहालले कात्तिक शुरु भए यता तापक्रम घटेसंगै डेंगीको संक्रमण पनि घटेको बताउनुभयो । 

महाशाखाको पछिल्लो तथ्यांक अनुसार पछिल्लो ५ दिनमा मूलुकभर २ सय ५० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । जेठ यता बढेको डेंगीका कारण २० जनाले ज्यान गुमाएका छन् । यस्तै पछिल्लो ११ महिनामा हालसम्म नेपालमा ७६ जिल्लाका ४४ हजार ८४ जनामा डेंगी संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकमा उल्लेख छ । 


प्रतिक्रिया