दीक्षण कोरियाद्वारा नेपाललाई ५ करोड बढिको स्वास्थ्य सामग्री सहयोग

मंसिर ४, २०८० | काठमाडौं

दक्षिण कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि ५ करोड रुपैयाँ बढिको स्वास्थ्य जाँच सामाग्री सहयोग गरेको छ । कोरिया सरकारले नेपाललाई ५ करोड ३५ लाख ३२ हजार रुपैयाँ बराबरको पूर्णस्वचालित बायोकेमिस्ट्री सामग्री सहयोग गरेको हो ।

 नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई एक कार्यक्रमकाबीच सो सामग्री हस्तनरण गर्नुभएको हो । नेपालको दीर्घकालीन विकासमा कोरियाको समर्थन रहने जनाउँदै राजदूत थेयङको भनाई छ ।

 कोरियाले गरेको सहयोगले नेपालको स्वास्थ्य क्षेत्रको आधारभूत रोग परीक्षण तथा स्वास्थ्य अधिकारीहरूलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रको क्षमता विस्तारमा टेवा पुग्ने अपेक्षा मन्त्रालयको अपेक्षा छ । 

कोरिया सरकारले नेपाललाई विगत १५ वर्षदेखि लगातार विकास साझेदारी प्राथमिक राष्ट्रको सूचिमा समावेश गरेर विभिन्न विकास साझेदारी कार्यक्रमलाई निरन्तरता दिंदै आएका विज्ञप्तिमा उल्लेख गरेको छ ।   


प्रतिक्रिया