डेंगी संक्रमण बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह

जेष्ठ १२, २०८१

वर्षा शुरु भएसंगै डेंगी बढ्न सक्ने भन्दै सतर्कता अपनाउन विज्ञले सुझाएका छन् । पछिल्लो समय डेंगी नियन्त्रणकै अवस्थामा रहेपनि वर्षा शुरु भएसंगै बढ्न सक्ने भन्दै विज्ञले सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले पानी परेसंगै लामखुट्टेको संख्या पनि बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गर्नुभयो । शाखाका अनुसार मुलूकका विभिन्न ५७ वटा जिल्लामा डेंगी संक्रमण देखिएको छ ।

 सबै जिल्लामा छिटफुट संक्रमण देखिएको उहाँको भनाई छ । यसअघि जस्तो एकीकृत रुपमा एउटै जिल्लामा डेंगीको संक्रमण नदेखिएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो । डेंगी नियन्त्रण तथा रोकथामका लागि स्थानीय स्तरबाटै पनि पहल भइरहेका छन् । 


प्रतिक्रिया