पोलियो थोपा खुुवाउने अभियानमा हालसम्म २ लाख ३१ हजार बढी बालबालिका लाभान्वित

श्रावण १२, २०८१

सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा गरेको विशेष पोलियो थोपा खुुवाउने अभियानमा हालसम्म २ लाख ३१ हजार भन्दा बढी बालबालिका लाभान्वित भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा यहि साउन ९ गते बाट सुुरु भएको अभियानमा आज अन्तिम दिनसम्म २ लाख ३१ हजार भन्दा बढी बालबालिकाले पोलियो थोपा खाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले जानकारी दिनुुभयो । 

सरकारले २ लाख ८० हजार बालबालिकालाई पोलियो थोपा खुुवाउने लक्ष्य लिएको छ । आज दिनभरमा सो लक्ष्य पूरा हुुने डा. गौतमले बताउनुभयो । स्वास्थ्यकर्मीहरु घरघरमा नआए नजिकको स्वास्थ्य संस्थामा गएर बालबालिकालाई पोलियो थोपा खुुवाउन डा. गौतमले आग्रह गर्नु भयो ।

काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थलबाट जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप थ्रि देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुुर र ललितपुुरमा विशेष पोलियो थोपा अभियान सुरु गरेको हो ।


प्रतिक्रिया