नेपालमा २९ प्रतिशत जनसंख्याले सुर्तीजन्य पदार्थसेवन गर्ने गरेको सार्वजनिक
भाद्र ३, २०८१ | काठमाडौं
नेपालमा कूल जनसंख्याको झन्डै २९ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थसेवन गर्ने गरेको एक सर्वेक्षण देखाएको छ ।
त्यस्तै, धुम्रपान गर्ने १७ दशमलव १ प्रतिशत व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयको सर्वेक्षणले देखाएको छ । २० वर्षको उमेर नपुग्दै धुम्रपान सुरु गर्ने दरलाई हेर्दा युवाहरूलाई लक्षित गर्दै विद्यालयमा वृहत तथा सङ्गठित रुपमा धुम्रपान विरुद्धका अभियान तत्काल सुरु गर्नुपर्ने देखिएको सर्वेक्षणमा उल्लेख छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन बने पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । हाल नेपालमा सार्वजनिक स्थान, कार्यस्थल र सार्वजनिक यातायातमा धुम्रपान निषेध सँगै सुर्तीजन्य पदार्थको विज्ञापन, प्रचार र प्रायोजन गर्न नपाउने व्यवस्था छ ।