७५ जिल्लामा डेंगी संक्रमण

भाद्र ८, २०८१

डेंगी संक्रमण मुलुकका ७५ जिल्लामा फैलिएको छ । पछिल्लो ८ महिनामा ५ हजार १ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस्तै संक्रमणका कारण हालसम्म तीन जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ । गण्डकी प्रदेशमा सबैभन्दा बढी २ हजार १ सय ८२ जना तथा सबैभन्दा कम कर्णालीमा ७१ जनामा संक्रमण पुष्टि भएको छ ।

कोशीमा ७ सय ६, मधेशमा ७९, बागमतिमा १ हजार ३ सय ७७, लुम्बिनीमा ३ सय ८९ र सुदूरपश्चिममा ३ सय १५ जनामा संक्रमण देखिएको महाशाखाले जनाएको छ । तनहुँ, चितवन, काठमाडौं, कास्की, पर्वत, गोरखा, झापा, मकवानपुर, पाल्पा तथा भोजपुर बढी प्रभावित जिल्ला छन् । मुस्ताङ र हुम्लामा भने डेंगी देखिएको छैन ।

डेंगीबाट बच्नका लागि लामखु¤ेको टोकाईबाट बच्न चिकित्सकहरले आग्रह गरेका छन् । यस्तै पानी राखेको भाँडाहरु छोपेर राखेमा, घर वरपर सरसफाई गरे , झुलको प्रयोग गरेमा डेंगीबाट बच्न सकिने चिकित्सकहरुको भनाई छ । यस्तै विभिन्न जिल्लामा गरी ६७ जना हैजाका बिरामी भेटिएका छन् । ललितपुरमा ४७, काठमाडौंमा ९, कैलालीमा ८, प्युठानमा २, मकवानपुरमा १ जनामा हैजाको संक्रमण देखिएको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया