आकस्मिकबाहेक सबै सेवा ठप्प पारेर चिकित्सक सडकमा

असार २४, २०८२

नेपाल चिकित्सक संघको आह्वानमा आन्दोलित बनेका चिकित्सकहरुले आज काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । उपभोक्ता अदालतले उपचारमा ‘चिकित्सकीय लापरबाही’ भएको ठहर गर्दै तीन फरक–फरक मुद्दामा अस्पताल र उपचारमा संलग्न चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने आदेश दिएसँगै उनीहरु आन्दोलन उत्रिएका हुन् । 

हिजो देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा रोकेका चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिलमा लगेर प्रमाणपत्रसमेत बुझाउने बताएका छन् । गत चैतमा उपभोक्ता अदालत गठन भएयता उपभोक्ता हकहितसम्बन्धी १५ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ५ मुद्दा स्वास्थ्योपचारसँग सम्बन्धित छन् । मेडिकल काउन्सिलले उपचारसम्बन्धी विवाद निरूपण गर्ने भएकाले उपभोक्ता संरक्षण ऐन संशोधन हुनुपर्ने माग नेपाल चिकित्सक संघको छ ।


प्रतिक्रिया