पत्रकार पन्थीलाई अमेरिकामा नागरिक अभिनन्दन

चैत्र ११, २०७७ | काठमाडौं

पत्रकार किशोर पन्थीलाई अमेरिकामा नागरिक अभिनन्दन गरिएको छ । 

अमेरिकाको न्युयोर्कमा पत्रकारिता गर्दै आएका पन्थीलाई नेपाली समुदायमा सही सुचना प्रदान गरेको भन्दै न्युयोर्कका दर्जन बढी सामाजिक संस्थाले संयुक्त रुपमा नागरिक अभिनन्दन गरेका हुन् । 

अमेरिकाबाट सञ्चालित खसोखास अनलाईनका सम्पादक पन्थीले विगत १० बर्षदेखि पूर्णकालिन रुपमा पत्रकारितामा गर्दै आएका छन् ।

अमेरिकामा रहेर एक दशकदेखी पत्रकारिता गर्दै आएका पन्थीलाई समुदायमा सही सुचना प्रदान गरेको भन्दै न्युयोर्कका दर्जन बढी नेपाली संघ संस्थाले संयुक्तरुपमा नागरिक अभिनन्दन गरेका हुन् । पत्रकार पन्थीले अमेरिकी अध्यागमन लगायत अमेरिकामा रहेका नेपाली समुदायलाई लक्षित गरेर अभिमुखिकरण सम्वन्धी अभियान समेत चलाउँदै आएका छन् ।

वार्म फाउण्डेशनको संयोजकत्वमा नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली एकता मञ्च, नेपाल आदिवासी जनजाति महासंघ लगायतका संस्थाले पत्रकार पन्थीलाई १ हजार डलर र सम्मानपत्र सहित नागरिक अभिनन्दन गरेका हुन् ।

विगत १० बर्षदेखि पूर्णकालिन रुपमा पत्रकारितामा सकृय रहेर समुदायको हितमा निरन्तर लागेकोमा पन्थीलाई नागरिक अभिनन्दन गरिएको वार्म फाउण्नेसनका अध्यक्ष राजन थपलीयाले जानकारी दिए । 

शेर्पा किदुगका पूर्व अध्यक्ष उर्गेन शेर्पाले १० बर्ष अगाडि पत्रकार पन्थीले अमेरिकामा आएर बनाएको समाचार रिपोर्टले पारेको प्रभाव स्मरण गर्दै खसोखासले अमेरिकामा रहेका नेपालीहरुलाई आफ्नै भाषामा अध्यागमन र मुलधारका सबै विषयमा जानकारी उपलब्ध गराएका कारण अरु संचारमाध्यम हेर्नै नपर्ने बनाएको बताए ।

बिदेशमा समेत पत्रकारितालाई नै मुल पेशा बनाईरहेका पत्रकार पन्थीसंग रेडियो, टेलिभिजन, छापा र अनलाईन पत्रकारिता क्षेत्रमा सम्पादकीय भूमिकामा रहेर काम गरेको अनुभव छ । उनी अमेरिकी सरकारको विदेश मन्त्रालयबाट मान्यता प्राप्त पहिलो नेपाली पत्रकार समेत हुन् ।


प्रतिक्रिया