एनआरएनए रुवाण्डाको अध्यक्षमा शर्माकै निरन्तरता

श्रावण १८, २०८० | काठमाडौं

अफ्रिकी मुलुक रुवाण्डास्थित गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समितिको अध्यक्षमा रमेश प्रसाद शर्मा दोहोरिएका छन् । शर्मा दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । शर्माको अध्यक्षतामा राष्ट्रिय समन्वय समिति सर्वसम्मत चयन भएको समितिले जनाएको छ ।

राष्ट्रिय समन्वय समितिको उपाध्यक्षमा मोहन श्रेष्ठ, महिला उपाध्यक्षमा तिर्सना कोइराला, महासचिवमा शाश्वत कार्की, सचिवमा शुशान्त मलिक, कोषाध्यक्षमा रन्जना काफ्ले, महिला संयोजकमा सुमित्रा पहाडी र युवा संयोजकमा सन्तोष अर्याल चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा विकास श्रेष्ठ, प्रकाश दाहाल, सुजन निउरे , मित्रहरी गुरागाई र लक्ष्मीप्रसाद गौतम चयन भएका छन् । समितिको सल्लाहकारमा अर्चना घिमिरे, डा. रविन्द्र प्रसाद र सरिता राई छन् । सन् १९९० को दशकमा गृहयुद्धमा परि दस लाख बढीको हत्या भएको रुवान्डा अहिले अफ्रिकाको सबैभन्दा द्रुत गतिले आर्थिक विकास भइरहेको देश हो । 


प्रतिक्रिया