विद्यार्थीले घेरे नगरपालिका

भाद्र २९, २०७९ | नवलपरासी

शिक्षक सरुवाको विषयलाई लिएर पश्चिम नवलपरासीको रामग्राम नगरपालिका विद्यार्थीले घेराउ गरेका छन् । नगरपालिकाले एकै पटक ३३ जना शिक्षक सरुवा गरेको विरोधमा विद्यार्थीले नगरपालिका घेराउ गरेका हुन् । विद्यार्थीले घेराउ गरेपछि नगरपालिकाले बाल दिवसको अवसरमा आयोजना गरेको कार्यक्रम प्रभावित बनेको थियो । विद्यार्थीको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो ।

 नगरपालिकाको प्राङ्गणमा विद्यार्थीले विरोध प्रदर्शन गरेपछि प्रहरीले धरपकड समेत गरेको हाम्रा सहकर्मीले जनाएका छन् । नगरभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीले शैक्षिक सत्रको मध्य समयमा शिक्षक सरुवा गर्दा अध्ययन अध्यापन प्रभावित भएको भन्दै आन्दोलन गरेको विद्यार्थीले जनाएका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन शिक्षक सरुवा गरिएको नगर प्रमुख धनपत यादवले बताउनुभयो । 


प्रतिक्रिया