शैक्षिक मेला मुलुकभर आवश्यक छ : हिसान महासचिव लोकबहादुर भण्डारी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

The Headliners | Journalist Tejendra | 24 May 2019

‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ छैठौं कान्तिपुर हिसान शैक्षिक मेला काठमाडौंमा जारी छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा जारी मेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । ‘कान्तिपुर हिसान एडुफेयर २०१९’ नामकरण गरिएको मेला आइतबारसम्म चल्नेछ । पहिलो दिन नै बिहीबार ३५ हजारले अवलोकन गरेका छन् । मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता छ । प्रदर्शनीस्थलको भित्र र बाहिर गरेर १ सय ५० स्टल रहने आयोजकले जनाएको छ । प्रवेश निःशुल्क गरिएको मेलामा विभिन्न कलेजहरूले निःशुल्क छात्रवृत्ति समेत दिनेछन् । शुक्रबारको दी हेडलाईनर्समा हामीले हिसानका महासचिव लोकबहादुर भण्डारीसँग कुराकानी गरेका छौं ।

 

 


प्रतिक्रिया