नयाँ पार्टी निर्माण भएकाले जिम्मेवारी खोजेको हो स्कूल विभागमा मरिहत्ते गरेको हैन : ईश्वर पोखरेल

रेडियो कान्तिपुर संवाददाता

भाद्र १, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 18 August 2019 | 01 Bhadra 2076

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले एकीकरणपछि नेकपा बनेकाले जिम्मेवारी लिनमात्रै खोजेको र स्कूल विभागमा मरिहत्ते नगरेको बताउनुभएको छ । नेकपाका सचिवालय सदस्य पोरखेलले नेताको अनुभव, कार्यक्षमता र व्यक्तित्वका आधारमा विभागीय जिम्मेवारी बाँडफाँड भएकाले विवाद, रस्साकस्सी भन्ने शब्द प्रयोग गर्नु नपर्ने बताउनुभयो । 

एकता प्रकृया मोटामोटी टुङ्गिए पनि जनवर्गीय संगठन, प्रवास लगायतमा मिलाउन बाँकी रहेको उहाँले बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै नेता पोखरेलले विभागीय जिम्मेवारीलाई लिएर नेताहरुबीच कुनै तिक्तता नरहेको र यसैले पार्टी एकीकरणमा नकारात्मक प्रभाव नपार्ने उल्लेख गर्नुभयो । 

फरक प्रसङ्गमा उहाँले सरकारको गत वर्ष आधार वर्ष भएकाले अब जनजीविका सवाललाई प्रँथमिकतामा राखिने बताउनुभयो । मुलुक संघीय संरचनामा गएकाले सोही अनुरुप कानून निर्माणमा सरकारको एक वर्ष खर्च भएकाले अब समृद्धिको दिशामा अघि बढ्ने बेला आएको उपप्रधानमन्त्री पोखरेलले जनाउनुभयो । कम्युनिष्ट पार्टीमा सरकार सञ्चालनमा पार्टी हावी हुने सिद्धान्ततः जायज भए पनि पस्थिति फरक हुँदा सोही अनुसार बुझ्न उहाँले आग्रह गर्नुभयो । सरकार र पार्टीमा दोहोरो जिम्मेवारीले नेताहरुको कार्यक्षमतामा ह्रास आउनसक्ने भएपनि त्यो व्यक्तिको क्षमता र अनभुवमा निर्भर गर्ने उहाँको कथन थियो । 

गठन गरिएका विभागमा महिला सहभागिताबारे उहाँले संख्यात्मक हिसाबमा केही कम भएपनि सबै केन्द्रीय स्तरका नेतालाई उचित जिम्मेवारी दिइने र त्यसमा समावेशी अवधारणालाई स्वीकार गरिने आश्वासन दिनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया