भारतीय नेतृत्वलाई सधैँ शंकाको दृष्टिबाट हेर्नु हुँदैन : राजन भट्टरा

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 20 August 2019 | 03 Bhadra 2076

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भारतीय नेतृत्वलाई संदै शंकाको दृष्टिकोणबाट हेर्न नहुने बताउनुभएको छ । रेडियोकान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा कुरा गर्दै सल्लाहकार भट्टराईले दुई देशको सम्वन्ध समझदारी पुर्ण तवरले नै अघि वढेको बताउनुभयो । उहाँले भन्नुभयो, कुनै समय नेपालको मन्त्रिपरिषद बैठकमा समेत भारतीय प्रतिनीधिको प्रत्यक्ष हस्तक्षेप हुने गरेको थियो । अहिले त्यस्तो अवस्था छैन । काठमाडौंमा भोली शुरु हुने परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा राजनीतिक, सीमा सुरक्षा, भारतीय बाँध लगायतका विषयमा परिणाम मुखी बार्ता हुने बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया