प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आव्हान

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३, २०७६ | काठमाडौं

पप्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी बाँकी विषय टुंग्याउन सर्वदलीय र दुई दलीय बैठक आव्हान गरेका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार ५ बजे संसदमा प्रतिनिधित्व गर्ने सबै दल र बुधबार ५ बजेका लागि सत्तारुढ नेपाल कम्युनष्टि पार्टी (नेकपा) र प्रमुख विपक्षी दल नेपाली काँग्रेसको बैठक बोलाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाले जानकारी दिए । 

दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बोलाइएको हो । यसअघि आइतबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै साता पूर्णता दिने बताएका थिए । 

 

 प्रमुख राष्ट्रिय समाचार

* राष्ट्रिय एकता र समसामयिक विषयमा साझा धारणा बनाउन भन्दै प्रधानमन्त्री केपी ओलीद्धारा सर्वदलीय बैठक आव्हान/

* नेपालमा कार्यरत ३२ वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काम गर्न छाडेको समाज कल्याण परिषद्को भनाई/केही संस्थाको नविकरण रद्ध

* बालबालिका र युवा वर्गलाई दादुराको जोखिमबाट बचाउन प्रभावकारी कदम चाल्न सम्बन्धित निकायलाई बेलायतका प्रधानमन्त्री जोनशनको आग्रह 

 र

* प्रिमियर लिग फुटवलमा म्यान्चेस्टर युनाईटेड वल्भरह्याम्टनसंग बराबरीमा रोकियो/पोग्वा पेनाल्टीमा चुके

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :


प्रतिक्रिया