काठमाडौँमा डेङगुका ५० विरामी भेटिए

रेडियो कान्तिपुर संवाददाता

भाद्र ४, २०७६ | काठमाडौं

काठमाडौं उपत्यकासहित मुलुकका पहाडी जिल्लामा डेङ्गूको संक्रमण देखा परेको छ । डेङ्गू भाइरसका कारण हुने यो रोगले महामारीको रूप लिन सक्ने जोखिम बढेको भन्दै  तत्काल सतर्कता अपनाइनुपर्ने चिकित्सकहरुले सुझाएका छन् ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार काठमाडौं उपत्यकामा  माक्र करिब ५० जना  व्यत्ति यो रोगबाट संक्रमित पाइएका छन् । केही समय अघि धरानमा महामारीको रुपमा फैलिएको लामखुट्ट्टेको टोकाइबाट सर्ने यो रोग विशेषतः तराईका उष्ण क्षेत्रमा देखिने गरेको भएपनि जलवायु परिवर्तनका कारण बढेको तापमान, बढ्दो शहरीकरण्, प्रदुषण लगायतका कारण काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा समेत देखा परेको छ । पछिल्लो समय प्रकोपका रुपमा फैलिन थालेको डेङ्गूलाई विश्व स्वास्थ्य संगठनले समेत प्रमुख स्वास्थ्य चुनौतीका रुपमा व्याख्या गर्दै आएको छ । अर्कोतर्फ स्थानीय तह रोग नियन्त्रणका लागि तयारी अवस्थामा नरहेकोले पनि डेङ्गु नियन्त्रणमा चुनौती देखिएको बताउनुहुन्छ, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख विवेकलाल कर्ण । यसै सन्दर्भमा केहीबेरअघि हामीले कर्णलाई सम्पर्क गरी डेङ्गूको संक्रमण नियन्त्रण गर्न नसक्नुको कारण के हो ? भनी सोधेका छौँ । 

प्रमुख राष्ट्रिय समाचार 

* नेपाल–भारत परराष्ट्रमन्क्रीस्तरीय संयुत्त आयोगको बैठक आज/पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र माथिल्लो कर्णालीको अल्झन नेपालको प्राथमिकता

* काठमाढौं उपत्यकामा मात्रै डेङगुका ५० विरामी भेटिए/ स्थानीय तहले पर्याप्त तयारी नगर्दा नियन्त्रणमा चुनौती 

* ब्राजिलको अमेजन जंगलमा यो बर्ष ७२ हजार पटक डढेलो लागेको अन्तरीक्ष अनुसन्धान विभागको तथ्य सार्वजनिक/

 र

* एभीसी सेन्ट्रल जोन भलिवलमा नेपालले आज माल्दिभ्सको सामना गर्दै/सेमिफाईनल पुग्न जित्नै पर्ने दवाव 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया