डेंगुको सक्रमणदर नियन्त्रण बाहिर छैन : डा शेर बहादुर पुन

रेडियो कान्तिपुर संवाददाता

भाद्र ५, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 22 August 2019 | 5 Bhadra 2076

काठमाण्डौ उपत्यकामा समेत सक्रमण देखिएको डेंगुको सक्रमणले तत्काल प्रकोपको रुप नलिने चिकित्सकहरुले बताएका छन् । काठमाण्डौ मै पछिल्ला दिनहरुमा यसका बिरामी बढ्दै गएपनि यसले तत्काल गम्भीर प्रकोपको रुप लिने अवस्था नरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पातालका क्लिनीकल एण्ड रिसर्च विभाग प्रमुख शेर बहादुर पुनले बताउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै प्रमुख पुनले सक्रमितको संख्या बृद्धि हुदै गएकाले नियन्त्रणको पहल भने आवश्यक रहेको उल्लेख गर्नुभयो । 

विश्वका १ सय भन्दा बढि देशमा फैलिसकेको यो सक्रमणले जुनसुकै समयमा पनि बिकराल रुप लिन सक्ने भन्दै सतर्क रहन आग्रह गर्नुभयो । लामखुट्टेबाट यसको प्रकोप फैलने भएकाले घर भित्र र बाहिर नै लामखुट्टे ब्यबस्थापनमा बिशेष ध्यान दिन उहाँको आग्रह थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया