एनसेलको कर लुकाउन उच्च अधिकारीले नै दवाव दिए : पूर्व महालेखा नियन्त्रक खत्री

रेडियो कान्तिपुर संवाददाता

भाद्र ३१, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 17 September 2019 | 31 Bhadra 2076

पूर्व कार्यवहाक महालेखा नियन्त्रक सुकदेव खत्रीले कर छली र ठूला भ्रष्टाचार काण्डाले अर्थतन्त्रमा गम्भिर असर पर्न सक्ने बताउनुभएको छ । एनसेलको पूजिगत लाभकर छली, वाईडवडी भ्रष्टाचार काण्ड, उच्चस्तरीय कर फस्र्यौट आयोगमा भएको अनियमतिता लगायत कारणले राज्यलाई ठूलो आर्थिक भार परेको खत्रीको भनाई छ । विभिन्न कानूनी छिद्रमा टेकेर १ खर्व २५ अर्व रुपैयाँ भन्दा वढी कर छली भईरहेको भन्दै खत्रीले प्रशासन संयन्त्रमा बस्नेहरुले गम्भिर भएर सोच्नुपर्ने बताउनुभयो ।

प्रमुख राष्ट्रिय समाचार

* सर्वोच्च अदालतले १ दशक अधिको नक्कली भ्याटविल मुद्धाको फायल फेरि खोल्यो/भाटभटेनी लगायत ५ वटा फरक कम्पनीको सुनुवाई सुरु

* चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघी छुट्टै ऐन जारी भएपनि कार्यन्वयन हुन सकेन/कलेजहरुको मनपरी असुली जारी

* सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सेवा विस्तार निष्प्रभावी / दक्ष जनशक्तिको अभाव र नेपाली भाषामा पाठ्यक्रम नहुँदा शिक्षण विधि भार बन्दै

* जपानसंगका प्रारम्भिक व्यापार सहमति भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई/केही हप्तामै कार्यन्वयन शुरु गर्ने जानकारी

 र

* एफसी अण्डर १६ च्याम्पियनसिप छनोटको आफ्नो दोस्रो खेलमा कुवेतसंग नेपालको १/१ को बराबरी/तेस्रो खेल ताजकिस्तानसंग खेल्ने

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया