संघीय व्यवस्थाको मर्म नबुझ्दा संविधान कार्यान्वयनमा समस्याजस्तो देखिएको छ : डा. चन्द्रकान्त ज्ञवाली

रेडियो कान्तिपुर संवाददाता

आश्विन ५, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 22 September 2019 | 05 Asoj 2076

संघीयताको मुल मर्मलाई बुझ्न नसक्दा संविधान कार्यान्वयनमा सकसजस्तो देखिएको संवैधानिक कानूनका ज्ञाता एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बताउनु भएको छ । प्रदेश र स्थानीय तहलाई कानून बनाउने अधिकार दिए पनि संघीय सरकारले त्यसको कार्यान्वयनमा चासो नदिएको उहाँले उल्लेख गर्नुभयो । 

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै ज्ञवालीले संविधानसभाबाट जारी भएको संविधान र प्राप्त उपलब्धि खतरामा छ भन्नु तर्कसङ्गत नभएको जिकिर गर्नुभयो । संविधानले केही उपलब्धिलाई अपरिवर्तनीय मानेकाले गणतन्त्र र संघीयतलाई कहीं कतैबाट खतरा नरहेको उहाँले उल्लेख गर्नुभयो । संविधान कार्यान्वयन गर्ने आफ्नो क्षमता अभिवृद्धि गर्नुको साटो सरकार जनतामा भ्रम पैदा गर्न गणतन्त्रका उपलब्धि खतरामा छ भन्ने गरेको उहाँको टिप्पणी थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया