सीको भ्रमणले विकासको चाहानामा ईटा थपिएको छ : डा राजन भट्टराई

रेडियो कान्तिपुर संवाददाता

आश्विन २७, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 14 October 2019 | 27 Asoj 2076

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहाकार डा.राजन भट्टराईले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सोचेभन्दा बढि फलदायी भएको बताउनुभएको छ । सीको भ्रमणले दुई मुलुकबिचको मित्रतासंगै विकास र समृद्धिको ढोकालाई पनि उजागर गरेको उहाँको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै डा. भट्टराईले २३ बर्षपछिको भ्रमणले आपसी सम्बन्धसंगै सहयात्राको अबधारणालाई पनि साथमा लिएको उल्लेख गर्नुभयो । चीनको बृहतर विकासबाट नेपालले पनि केहि सिक्नुपर्ने भन्दै उहाँले द्धिपक्ष्ँिय भेटका क्रममा राष्ट्रपती सीले दोहोर्याएको भनाईले नेपाली राजनितिक नेतृत्वमा पनि विकासको भोक जाग्न दबाव बढेको जिकिर गर्नुभयो ।


प्रतिक्रिया