संगठन नहुँदा चुनावमा अपेक्षा अनुसारको परिणाम आउन सकेन : संयोजक मिश्र

रेडियो कान्तिपुर संवाददाता

मंसिर १७, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 3 December 2019 | 17 Mangsir 2076

साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टीको संगठन राम्रो नहुँदा उपनिर्वाचनमा अपेक्षा अनुसारको परिणाम आउन नसकेको बताउनुभएको छ । पार्टीको बिचारलाई जनतासम्म लैजान संगठन महत्वपुर्ण भएपनि विस्तार गर्न नसकिएको मिश्राको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै संयोजक मिश्रले मुख्य दलहरुबाट जनता अझै पनि मुक्त हुन नसकेको बताउनुभयो ।

 प्रमुख राष्ट्रिय समाचार

* कुवेतमा अलपत्र २१ जना नेपालीलाई उद्धार गरि स्वदेश फर्काउने सरकारी प्रयास असफल/फसेका कामदारले तलव समेत पाउन सकेनन्

* चीन जाने नेपालीहरुको संख्यामा उल्लेख्य वृद्धि/पछिल्लो १० महिनामा करिव ३१ हजार नेपालीद्धारा भिषाका लागि आवेदन

* चालु आर्थिक वर्षको ४ महिनामा प्रदेश सरकारको विकास खर्च औषतमा ४ प्रतिशतमा सिमित /प्रदेश दुई र कर्णाली प्रदेश झन पछाडी 

* फिलिपिन्समा सामुन्द्रिक आँधीका कारण २ लाख भन्दा वढीलाई सुरिक्षत स्थानमा सारियो/

 र

* १३ औं दक्षिण एसियाली खेलकुद सागमा तेक्वान्दो र  कराँतेतर्फ नेपालको शानदार सुरुवात/आज विभिन्न १५ खेल हुँदै

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया