सीमा विवाद सुल्झाउन नेपाललाई अहिले नै उपयुक्त समय हो : प्रा.डा खड्ग केसी

पुस २४, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 9 January 2020 | 24 Poush 2076

सात दशकदेखी नेपाल र भारतबिच देखिएको सीमा विवाद सुल्झाउन अहिले नै उपयुक्त समय भएको विज्ञहरुले बताएका छन् । यो समस्या समाधान गर्नु वर्तमान सरकारका लागि पनि ठुलो अवसरका रुपमा रहेको उनीहरुको तर्क छ । दुई देशीय असमझदारी कर्मचारी संयन्त्रबाट समाधान हुन नसक्ने भन्दै त्रिभुवन विश्व बिद्यालयका अन्तराष्ट्रिय सम्बन्ध विभाग प्रमुख प्राध्यापक डा.खड्ग केसीले यसको समाधान राजनितिक र कुटनितिक माध्यमबाट खोज्नुपर्नेमा जोड दिनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै डा.केसीले त्यसका लागि राज्यले वर्तमान समयमा गरेका प्रयासहरु पर्याप्त नरहेको जिकिर गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया