नेकपाका नेताद्वयकै कारण संसद बन्धक बनेको हो : पूर्वमन्त्री पौडेल

पुस २८, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 13 January 2020 | 28 Poush 2076

नेकपाका नेता एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेलले नेकपाका दुई अध्यक्षबीचको टकरावले प्रतिनिधिसभाको बैठक अवरुद्ध हुनु दुखद भएको टिप्पणी गर्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले नेताहरु गुटभन्दा माथि उठ्न नसकेकाले समस्या आएको बताउनुभयो ।

सभामुख पद रिक्त भएको तीन महिना बितिसक्दा समेत एउटा व्यक्तिको नाममा सहमति हुन नसक्नु उदेकलाग्दो भएको पौडेलले उल्लेख गर्नुभयो । कुनै पनि बिलम्ब नगरी तत्काल सभामुख चयन गरी संसदीय गतिरोध अन्त्य गर्नुपर्नेमा उहाँले नेताहरुको ध्यानाकषर्ण गराउनुभयो ।

त्यस्तै कंग्रेस नेता एवं पूर्वसभासद रामहरि खतिवडाले संसद नेकपाको लाचार छाया बनेको टिप्पणी गर्नुभयो । जनताका सवालमा छलफल गर्नुपर्ने थलोलाई बन्धक बनाएर नेकपाले जनमतकै अवमुल्यन गरेको उहाँको आरोप थियो । जो सुकै व्यक्तिलाई सभामुख बनाए पनि केही फरक नपर्ने भन्दै नेता खतिवडाले तत्काल संसद सुचारु गर्न आग्रह गर्नुभयो ।


प्रतिक्रिया