नोवल कोरोना भाइरसको संक्रमणबाट डराउनुपर्ने अवस्था छैन डा. विनयकुमार रेग्मी

माघ १४, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 28 January 2020 | 14 Magh 2076

ग्राण्डी इन्टरनेशल अस्पतालका मेडिसिन तथा बाथ रोग विभागका प्रमुख डा. विनयकुमार रेग्मीले कोरोना भाइरसको संक्रमणबाट सचेत हुनुपर्ने तर आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै डा. रेग्मीले सामान्य रुघा खोकी र ज्वरो आउँदैमा कोरोना संक्रमणको जाँच समेत गर्नु नपर्ने उल्लेख गर्नुभयो ।

कोरोना भाइरस नेपालमा उत्पति नभएकाले चीनबाट आउने व्यक्तिहरुलाई निगरानीमा राख्ने र संक्रमण भएको पाइए उनीहरुलाई अरुको सम्पर्कमा पुग्नबाट रोक्ने नै उत्तम उपाय हुने उहाँले बताउनुभयो । अन्य भाइरल संक्रमणजस्तै दीर्घ रोगी र रोग प्रतिरोधात्मक क्षमता कम भएका र बढ्दो उमेरका मानिसमा कोरोनाको संक्रमण चाँडै सर्ने डा. रेग्मीले बताउनुभयो । आराम गर्ने, झोलिलो कुरा खाने, सागसब्जी बढी मात्रामा खाने गर्नाले पनि संक्रमण कम हुने उहाँको सुझाव छ । खोक्दा, हाछ्युँ गर्दा मुख छोप्ने, हातहरु पटकपटक सफा गर्नु पनि संक्रमण सर्न नदिने उत्तम उपाय हुने उहाँले बताउनुभयो ।

कोरोना भाइरसको संक्रमण भए नभएको जाँच गर्ने किट र केमिकलकै अभाव भएकाले पनि सबै रुघाखोकीका बिरामीले यसको जाँच गराइहाल्न नपर्ने उहाँको सुझाव छ । धेरै ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकी अलि बढी नै लागेमा यसको जाँच गर्न सकिने डा. रेग्मीले बताउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया