प्रतिपक्ष र सत्तारुढ दलकै क्रियाकलापले लोकतान्त्रिक पद्दतिको उपहास भएको छ : डा.उद्धव प्याकुरेल

माघ २७, २०७६

The Headliners | Journalist Pawan | 10 February 2020 | 27 Magh 2076

ललिता निवासको जग्गा प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र सत्तारुढ नेकपा अनि स्वयं सरकारको रवैयाले लोकतान्त्रिक पद्दतिको उपहास हुन थालेको राजनीतिक विश्लेषक डा. उद्धव प्याकुरेलले बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलायनर्समा कुरा गर्दै उहाँले स्वतन्त्र संवेधानिक निकायलाई प्रभावमा पार्ने सरकारी रवैया र अदालतमा विचाराधीन मुद्दामा संसद बैठक अवरुद्ध गर्ने प्रतिपक्षी कदमले लोकतान्त्रिक विधि र पद्दतिलाई मजबुत नपार्ने बताउनुभयो ।

कुनै व्यक्ति विशेषका पछाडि सरकार र प्रतिपक्षी दलनै लाग्दा त्यसले समग्र राजनीतिका साथै लोकतन्त्र प्रतिको जनविश्वासमा नै असर गर्ने डा. प्याकुरेलको भनाइ थियो । संवैधानिक आयोगहरुलाई आफ्नो अनुकुल हुनेगरी प्रयोग गर्न थालिए यसको परिणाम कल्पना गरेभन्दा भयावह हुनसक्ने चेतावनी उहाँले दिनुभयो । विधि, विधान र पद्दतिलाई बलियो तुल्याउन सकिए मात्रै लोकतनत्र बलियो हुने उहाँको तर्क थियो ।


प्रतिक्रिया