नेतृत्वले नै राजपालाई कमजोर बनायो : नेता लक्ष्मणलाल कर्ण

माघ २८, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 11 February 2020 | 28 Magh 2076

राष्ट्रिय जनता पार्टी राजपाका नेता लक्ष्मणलाल कर्णले नेतृत्वकै कारण पार्टि कमजोर अवस्थामा पुगेको आरोप लगाउनुभएको छ । पार्टिले आफ्ना मुद्धा र एजेण्डालाई बलियोसंग उठाउन नसक्नु कमजोरी भएको भन्दै नेता कर्णले त्यसमा पार्टि नेतृत्वले उल्लेख्य भुुमिका खेल्न नसकेको जिकिर गर्नुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले गुण र दोषका आधारमा सरकारसंगको सम्बन्ध परिवर्तन भएको स्पष्ट पार्नुभयो । समाजवादि पार्टिले तत्कालिन गठबन्धनका बेला गरेका सहमती लत्याएकाले उसंगको दुरी बढ्दै गएको कर्णको भनाई थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया