कम्युनिष्टले केक खानै नहुने कहाँ लेखेको छ ः प्रेस सल्लाहकार थापा

फाल्गुन १४, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil Pariyar | 26 February 2020 | 14 Falgun 2076

प्रधानमन्त्री केपी ओलीको बर्थ डे पार्टी भड्किलो र खर्चिलो नभएको प्रेस सल्लाहकार सुर्य थापाले दावी गर्नुभएको छ । पार्टीमा आचारसंहिताका विषयमा छलफल भएपनि लागु नभएको भन्दै थापाले जन्मदिनमा सुभेच्छुकको भिड लाग्नु स्वभाविक भएको बताउनुभयो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेड लाईनर्समा विहान कुरा गर्दै उहाँले प्रधानमन्त्रीको बर्थडे पार्टीमा कसले केक ल्याउँदैछ भन्ने कुरा पनि सरकारलाई थाह नभएको बताउनुभयो । पूर्वमन्त्री गोकुल बास्कोटाको विवादास्पद अडियो टेप सम्वन्धमा पनि प्रधानमन्त्रीले पार्टीबाट कारवाही गर्नुहुदैन भनेर कहिँ कतै नभनेको बताउनु भयो ।


प्रतिक्रिया