राजनितिक यात्रा गलत दिशामा पुग्यो : चित्रबहादुर केसी

फाल्गुन १५, २०७६ | काठमाडौं

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्र बहादुर केसीले नेपालको राजनितिक यात्रा गलत दिशामा मोडिएको बताउनुभएको छ । धेरै अवसर र संभावनाका बिचमा बनेको सरकार र नेकपाले जनताको भरोशा र विश्वास गुमाउदै गएको उहाँको भनाई थियो । आन्तरिक खीचातानीका कारण नेकपाले बिस्तारै त्यो सामथ्र्य पनि गुमाउदै गएको केसीको भनाई छ ।

जता ततै निराशा छाउनु तथा परिवर्तनको प्रत्याभुत हुन नसक्नु गतिलो संकेत नभएको भन्दै उहाँले मुलुक राजनितिक दुष्चक्रमा फस्न आँटेको संकेत गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया