सभापति देउवाको कदमले काँग्रेसको छबी धमिल्याएको छ : पुरञ्जन आचार्य

फाल्गुन २२, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 5 March 2020 | 22 Falgun 2076

आफ्नो ४ बर्षे कार्यकाल सकिएपछि विभाग गठन गरेका काग्रेस सभापति शेरबहादुर देउवाको कमदलाई बिश्लेषकहरुले पनि गलत अभ्यासको सज्ञा दिएका छन् । देउवाको कदमलाई लिएर पार्टिभित्रै बिरोध भईरहेका बेला राजनितिक बिश्लेषक पुरञ्जन आचार्यले देउवाको कदमले पार्टिलाई थप कमजोर पार्ने बताउनुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै उहाँले सभापतिमा निरन्तरताका लागि देउवाले कार्यकाल सकिएपछि विभाग गठन गरेको आरोप लगाउनुभयो । आफुबिरुद्ध रहेको गुट कमजोर भएकाले देउवालाई गलत कदम चाल्न हौसला थपिएको आचार्यको जिकिर थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया