कोरोनाको सक्रमण रोक्न सरकार सजग छ : गृह प्रबक्ता शर्मा

फाल्गुन २३, २०७६ | काठमाडौं

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको सक्रमण नेपाल भित्रन नदिन सरकारले बिशेष साबधानी अपनाएको गृहमन्त्रालयले जनाएको छ । जनचेतनासंगै साबधानीका लागि विभिन्न उपाय अपनाएको तथा विपदको पुर्ब तयारी चुस्त राखीएको गृहमन्त्रालयका प्रबक्ता केदारनाथ शर्माले बताउनुभयो । अनावश्यक हल्लाले केहि त्रासको वातावरण सृजना भएपनि आत्तिने अवस्था नभएको शर्माको भनाई छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै प्रबक्ता शर्माले सक्रमणको त्रासले बजारमा देखीएको अभाव हटाउन तत्काल पहल थाल्ने उल्लेख गर्नुभयो ।


प्रतिक्रिया