राप्रपा एकीकरण मुलुककै आवश्यक्ताले गर्दा भएको हो : डा.प्रकाशचन्द्र लाहेनी, अध्यक्ष राप्रपा संयुक्त

फाल्गुन २६, २०७६

The Headliners | Journalist Pawan | 9 March 2020 | 26 Falgun 2076

राप्रपा संयुक्त र राप्रपाबीचको एकीकरणको निर्णय मुलुकको आवश्यक्ता अनुसार भएको राप्रपा संयुक्तका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले सत्तारुढ दल चरम भ्रष्टाचारमा लिप्त भएको र प्रमुख प्रतिपक्षी दल पनि मौन बसेको अवस्थामा जनताको पीर मर्कालाई सम्बोधन गर्नका लागि राष्ट्रवादी शक्तिहरुबीचको एकता आवश्यक परेको उल्लेख गर्नुभयो ।

पार्टी एकीकरणका लागि निकै लामो समयदेखि वार्ता चलिरहेको भन्दै उहाँले कसैको उक्साहटमा र निहीत स्वार्थ पूर्तिका लागि एकीकरण नगरिएको दावी गर्नुभयो । राप्रपामा फुटको श्रृंखला लामो समयदेखि चलिरहेकाले अहिलेको एकता दिगो हुन्छ त भन्ने संशय जनतामा रहे पनि आफुहरुले त्यसलाई झुटो प्रमाणित गरिदिने लोहनीको कथन थियो । आफुहरु राजतन्त्रभन्दा पनि राजसंस्थाको पक्षमा रहेको र वैदिक सनातन धर्मको रुपमा रहेको हिन्दू र बौद्ध धर्मको पक्षमा आवाज उठाइएको उहाँले बताउनुभयो ।


प्रतिक्रिया