मेरो उम्मेदवारीबारे कार्यकर्ताको भावना वुझ्दैछु : कंग्रेस नेता डा कोईराला

फाल्गुन २७, २०७६ | काठमाडौं

नेपाली कंग्रेसका नेता डा शेखर कोईरालाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारीबारे कार्यकर्ताहरुसंग छलफल भइरहेको बताउनुभएको छ । बर्तमान नेतृत्वबाट पार्टीको रुपान्तरण सम्भव नभएको भन्दै नेता कोईरालाले आगामी महाधिवेशनमा सभापतिमा आफ्नो उम्मेदवारीबारे दोस्रो तहका नेता कार्यकर्तासंग छलफल भईरहेको बताउनुभएको हो । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै नेता कोईरालाले भन्नुभयो, देशभरका नेता कार्यकर्ताको भावना वुझ्दैछु । सभापतिबारे अन्तिम निर्णय भईसकेको छैन ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया