हिमेश पन्त बने कमेडी च्याम्पियन

चैत्र १, २०७६ | काठमाडौं

रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करणको उपाधि हिमेश पन्तले जितेका छन् ।शनिबार काठमाडौंमा भएको ग्रान्ड फिनालेमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित भएका हुन् ।

उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको फिनालेमा वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गरेका थिए।

धादिङका हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि थिए।

विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए। भण्डारीले यसअघि नै दोस्रो संस्करणको घोषणा गरिसकेका छन्।


प्रतिक्रिया