सुनको मुल्य ओरालो लाग्ने क्रम जारी

चैत्र २, २०७६ | काठमाडौं

सुनको मुल्य फेरि घटेको छ । आज एकैदिन १ हजार ५ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ७७ हजार रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सँगै पछिल्लो ४ दिनमा मात्र सुनको मुल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ । यसअघि शुक्रबार ३ हजार रुपैयाँले घटेको थियो । गत फागुन २७ गते ८२ हजार ७ सय पुगेर रेकर्ड बनाएको सुनको मुल्य त्यसपछि भने क्रमशः घट्दै गएको छ । चाँदीको मुल्य पनि आज १० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । 

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया