कोरोना संक्रमणविरुद्ध लड्न सरकारलाई रचनात्मक साथ दिन्छौ : गगन थापा

चैत्र ३, २०७६

The Headliners | Journalist Prakash | 16 March 2020 | 3 Chaitra 2076

नेपाली कांग्रेसका नेता एवम पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले कोरोनाबिरुद्धको अभियानमा प्रमुख प्रतिपक्षी काग्रेस सरकारसंग हातेमालो गरेर अघि बढ्ने बताउनुभएको छ । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै नेता थापाले सक्रमणका बिरुद्ध लड्न सरकारले गरेको तयारी पर्याप्त नभएको भन्दै आफुहरु सहयोगका लागि तयार रहेको उल्लेख गर्नुभयो । सक्रमणको रोकथामका लागि सरकार मात्र जिम्मेबार नहुने भन्दै नेता थापाले हरेक राजनितिक दल र नागरिकले आफ्नो कर्तब्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रतिकुल परिस्थितीमा सबैले आफ्नो दायित्व र जिम्मेबारी बुझ्न जरुरी रहेको बताउदै नेता थापाले त्यसका लागि राज्य संयन्त्रलाई रचनात्मक साथ दिन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।


प्रतिक्रिया