बजार अनियमितता र कालोबजारी विरुद्ध सरकार अव आक्रमक हुन्छ : मन्त्री भट्ट

चैत्र ५, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 18 March 2020 | 5 Chaitra 2076

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनियमितता विरुद्ध सरकार आक्रमक ढंगले प्रस्तुत हुने चेतावनी दिनुभएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा मन्त्री भट्टले भन्नुभयो, बजारमा हुने वेथिति विरुद्ध सरकार अव आक्रमक ढंगले अघी वढ्छ । आफु ठगिएको महसुस भए सम्वन्धित निकायमा तुरुन्त खवर गर्नुहुोस् । मुलुकका आपूर्ति व्यवस्थापनमा समेत कुनै अवरोध नभएको भन्दै उहाँले हल्लाको भरमा उपभोग्य बस्तुको अनावश्यक संचिति नगर्न समेत आग्रह गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया