कोरोना सक्रमण नियन्त्रणमा सर्बसाधारण पनि जागरुक बनौ : प्रबक्ता डा विकास देवकोटा

चैत्र ६, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 19 March 2020 | 06 Chaitra 2076

सरकारले कोरोना सक्रमणको रोकथामका लागि नागरिकले पनि बिशेष साबधानी अपनाउन सुझाव दिएको छ । आफ्नो तर्फबाट नियन्त्रण र रोकथामका सबै उपाय अबलम्बन गर्ने बताएको सरकारले नागरिकबाट जागरुकता खोजेको हो । स्वास्थ्य मन्त्रालयका प्रबक्ता डा विकास देवकोटाले सरकारको कदमलाई साथ दिनु हरेक नागरिकको पनि दायित्व भएको उल्लेख गर्नुभयो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै प्रबक्ता डा.देवकोटाले सर्तकता पुर्वक सावधानी अपनाउनु नै अहिलेको आवश्यक्ता रहेको जानकारी गराउनुभयो । नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेबार रहेको भन्दै उहा“ले सरकारका तर्फबाट सक्रमण नियन्त्रणमा अधिकतम प्रयास भईरहेको जिकिर समेत गर्नुभयो ।


प्रतिक्रिया