महामारीका बेला सही सूचनाले नै नागरिकको आत्मबल बढाउँछ : डा. अजय रिसाल

चैत्र ९, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 22 March 2020 | 9 Chaitra 2076

धुलिखेल अस्पतालका मानसिक रोग विशेषज्ञ डा. अजय रिसालले कुनै पनि महामारीका बेला सही सूचनाले नै नागरिकको आत्मबल बढाउने भएकाले त्यसैमा केन्द्रित हुन आग्रह गर्नु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै डा. रिसालले मानसिक आत्मबल नखलबलिए शारीरिक संक्रमणसँग जुध्न सकिने भएकाले त्रासको वातावरण चिर्नु नै अहिलेको आवश्यक्ता भएको उल्लेख गर्नुभयो ।

कोभिड १९ छिटोछिटो फैलिने भएकाले शारीरिक दूरी कायम राख्ने, अत्यावश्यक नपरी घरबाहिर ननस्किने, संक्रमणको जोखिममा रहने व्यक्तिहरुको आत्मबल बढाउने खालका काम गरेर पनि सन्त्रासको वातावरण केही कम गर्न सकिने उहाँको भनाइ थियो । कोरोनालाई भयको विषय नबनाई अन्य सामान्य रोग सहर मान्ने वातावरण तयार गर्नु अहिलेको आवश्यक्ता भएको उहाँले उल्लेख गर्नुभयो । कोरोनाबाट ज्यान गुमाउनेको संख्या भन्दा निको हुनेको संख्या कयौं गुणा बढी भएपनि ज्यान गुमाउनेहरुकै चर्चा बढी हुँदा पनि सन्त्रासको सिर्जना भएको डा. रिसालले बताउनुभयो ।

घरमा बस्दा आप्mनो मनलाई शान्त र आनन्दित हुने कार्यहरु गरेर समय कटाउन उहाँको सुझाव छ । शारीरिक दूरी कायम राखेर पनि सञ्चारका अन्य माध्यमको प्रयोगबाट व्यक्तिगत दूरी कम गर्न सकिने हुँदा सञ्चारका माध्यमको बढीभन्दा बढी प्रयोग गर्न उहाँले सुझाउनु भयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

प्रतिक्रिया